सरकारी/सार्वजनिक र खोलाको जग्गा अतिक्रमण सम्बन्धी सार्वजनिक सूचना !

धादिङ,१६ साउन।

यस नीलकण्ठ नगरपालिकाको मिति २०७९/०४/१४ गते बसेको बैठकको निर्णय अनुसार धादिङबेशी बजारक्षेत्र, बजार क्षेत्रमा पर्ने थोपाल खोला, अरुण खोला र आसी खोलाको सिमा तथा आसपासका सरकारी, सार्वजनिक जग्गाको रेखाकंन गरि खोला तथा सडकको मापदण्ड तोक्ने कार्य हुन लागेको हुदाँ सरकारी/सार्वजनिक जग्गा र खोलाको जग्गामा पर्खाल, घर टहरा निर्माण कार्य तथा अतिक्रमण कार्य तत्काल बन्द गर्नुहुन जानकारी गराइन्छ ।

अन्यथा स्थानिय सरकार संचालन ऐन,२०७४ को दफा ४१ को उपदफा १ र २ बमोजिम भत्काउन लाग्ने खर्च समेत सम्बन्धित निर्माण कर्ताबाट असुल उपर गरि नियमानुसार कानुनी कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।

प्रमुख प्रशासकीय अधिकृत
दिनेशराज पन्त

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्