कोरोना अपडेट:९ हजार १९६ जनालाई संक्रमण,५० जनाको मृत्यु

धादिङ,२४ बैशाख ।
देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जना गरी ९ हजार १९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या तिन लाख ७७ हजार ६८३ पुगेको छ । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार ९०५ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ९५ हजार ३९५ पुगेको छ ।

कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७८ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५७९ पुगेको छ भने सक्रिय संक्रमित ७८ हजार ६२९ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्