विश्वासको मतको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले  प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले  प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

२१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । शनिबार बिहान पार्टीको शीर्षस्थ नेता र संसदीय फाँटका पदाधिकारीबीच छलफल भएको थियो । 

‘प्रधानमन्त्री राजनीतिक र प्रशासनिक रुपमा पूर्ण असफल भएकाले उहाँलाई काँग्रेसले विश्वासको मत दिँदैन । आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ,’खाणले  भने । प्रधानमन्त्री ओलीको विश्वासको मत लिन प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको खाणको भनाइ थियो ।

बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले कानूनविद् र अन्य दलसँग थप छलफल गर्ने बताएका थिए ।  देउवाले सरकार निर्माणका लागि भइरहेको प्रयासबारे पनि सांसदलाई ब्रिफिङ गरेका थिए । आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना पनि बढेको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्