एमाले बागमतीको २७ विभागले पायो पूर्णता, धादिङबाट ३१ जना चयन (हेर्नुहोस कुन विभागमा को ? सूचीसहित)

धादिङ,१५ भाद्र ।
नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेशको २७ विभाग लाई पूर्णता दिएको छ । मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र जारी गर्दै संगठन कमिटीको २८ विभाग मध्ये २७ लाई पूर्णता दिएको जानकारी दिनुभयो । पाण्डेले विभागहरूमा पर्ने नेताको नाम सार्वजनिक गर्नुभएको छ।

जसमा २७ वटा विभागमा धादिङका ३१ जनाले जिम्मेवारी पाएका छन् । जस मध्य धादिङका नेत्र प्रसाद पौडेलले उपभोक्ता हित संरक्षण सुशासन विभागको प्रमुख र डा.रामकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठीले संगठन विभाग सदस्यको जिम्मेवारी पाएका छन् भने कानुन व्यवसायी तोलाकुमारी पाठकले निर्वाचन विभाग सदस्यको जिम्मेवारी पाएकी छिन् । अनेरास्ववियु धादिङका अध्यक्ष रक्तिम रेग्मीलाई विज्ञान तथगा प्रविधि विभाग सदस्य बनाईएको छ भने सुनिल तामाङले युवा तथा खेलकुद विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।

जिम्मेवारी पाउनेहरुको सूची
१. नेत्र प्रसाद पौडेल धादिङ, प्रमुख उपभोक्ता हित संरक्षण सुशासन विभाग
२. डा. रामकुमार अधिकारी धादिङ, प्रमुख स्वास्थ्य तथा जनसंख्या विभाग
३. भुमि त्रिपाठी धादिङ, सदस्य संगठन विभाग
४. राजकुमार पण्डित धादिङ, सदस्य स्थानीय विकास विभाग
५. हरिकुमार श्रेष्ठ धादिङ, सदस्य वित्त तथा कोष व्यवास्थापन विभाग
६. केशव अधिकारी धादिङ, सदस्य प्रचार तथा प्रकाशन विभाग
७. लिलाबहादुर खड्का धादिङ, सदस्य अर्थ योजना विभाग
८. संविज त्रिपाठी धादिङ, उद्योग, वाणिज्य तथा आपुर्ति विभाग
९. बाबुराम लम्साल धादिङ, सदस्य उपभोक्ता हित संरक्षण सशासन विभाग
१०. विक्रम राना धादिङ, सदस्य उपभोक्ता हित संरक्षण सशासन विभाग
११. श्रीकृष्ण अर्याल धादिङ सदस्य उर्जा जलश्रोत तथा सिंचाई विभाग
१२. विष्णु सापकोटा धादिङ सदस्य कृषि तथा पशुपंक्षी विभाग
१३. श्याम लामा धादिङ सदस्य कृषि तथा पशुपंक्षी विभाग
१४. टलबहादुर गुरुङ धादिङ, सदस्य खानेपानी तथा सरसफाई विभाग
१५. जित सिटौला धादिङ, सदस्य खानेपानी तथा सरसफाई विभाग
१६. तोला कुमारी पाठक धादिङ, सदस्य निर्वाचन विभाग
१७. सोम कुमार थपलिया धादिङ, सदस्य पर्यटन तथा नागरिक उड्डयन विभाग
१८. रमेश अधिकारी धादिङ सदस्य, पार्टी स्कुलिङ विभाग
१९. यादव गजुरेल धादिङ, सदस्य भूमि व्यवस्थापन विभाग
२०. पुरुषोत्तम खतिवडा धादिङ, सदस्य भौतिक पुर्वाधार तथा यातायात विभाग
२१. सुनिल तामाङ धादिङ, सदस्य युवा तथा खेलकुद विभाग
२२. कल्याण अधिकारी धादिङ सदस्य, वन तथा वातावरण विभाग
२३. रक्तिम रेग्मी धादिङ, सदस्यविज्ञान तथगा प्रविधि विभाग
२४. डिल्ली प्रसाद घिमिरे धादिङ, सदस्य शिक्षा तथा मानव श्रोत विभाग
२५. रुकुकुमार लामा धादिङ, सदस्य श्रम तथा रोजगार विभाग
२६. सपना श्रेष्ठ धादिङ, सदस्य सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग
२७. अनिशा बराम धादिङ, सदस्य सामाजिक सेवा विभाग
२८. बमबहादुर थापा मगर धादिङ, सदस्य सहकारी तथा गरिवी निवारण विभाग
२९. चन्द्रमणि रुपाखेती धादिङ, सदस्य सहरी विकास विभाग
३०. रजनी लामा धादिङ, सदस्य साहित्य कला तथा संस्कृति विभाग
३१. रामकुमार अधिकारी धादिङ, सदस्य संसदीय विभाग

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्