आज थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५५७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ८९ जनामा गरी २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्