दलहरु अब सुध्रुन् ।

धादिङ,१७ भाद्र ।
संघीय र प्रदेशको निर्वाचन तर्फ देश अगाडि बढिरहेको बेला राजनीतिक दलहरुले आ आफ्नो पक्षमा अभिमत तयार गर्न विभिन्न रणनीतिहरु अपनाउन सुरु गरेका छन् ।

पछिल्ला केही दिनदेखी राजनीतिक दलका नेता कार्यकर्ताहरु एक अर्कालाई पार्टी प्रवेश गराउने दौडमा लागिसकेका छन् । अहिले एउटा पार्टीका नेता अर्को पार्टीमा प्रवेश गरेको फोटो हाल्ने र पूर्व पार्टीप्रति कटाक्ष गर्ने काम गरिरहेका छन् । देश निर्वाचन उन्मुख हुँदै जाँदा राजनीतिक दलहरुमा यस्तो चरित्र देखा पर्नु स्वभाविक हो ।

विगतका वर्षदेखी नै हुँदै आएको वा देखि भोगि आएका विषयहरु हुन् । दल निर्वाचनको लागि एउटा आधिकारिक संरचना हो । दलभित्र रहेका सदस्यहरु कतिपय अवस्थामा पार्टी कमिटिबाटै बेलाबेला पेलिएका हुन्छन् भने निर्वाचनका बेलामा कसले टिकट लिने वा को जनप्रतिनिधिको रुपमा चुनिएर सत्तारोहण गर्ने भन्ने विवादले उत्कर्ष रुप लिने गरेको छ जसको परिणाम स्वरुप पछिल्लो समय पार्टी परित्याग, प्रवेश वा नयाँ पार्टी खोल्ने र निर्वाचनमा सहभागि हुने जस्ता विषयहरु अग्र स्थानमा आउने गरेको छ । विगतलाई कोट्याउने हो भने पनि हाम्रो इतिहास यसैगरी अगाडि बढिरहेको पाउन सकिन्छ ।

दलका नेता जसले आफ्नो राजनीतिक जिवनभित्र विभिन्न खालका उतारचढावहरु व्यहोरिरहेको हुन्छ भने निर्वाचनका समयमा आफ्नो नाम प्रतिनिधिको लागि सिफारिस हुनु पनि महत्वपूर्ण मानिन्छ यसकारण पनि नेता कार्यकर्ताहरु एकबाट अर्को र अर्कोबाट झन अर्को पार्टी रोज्ने, विद्रोह गर्ने वा क्रान्ति र प्रतिक्रान्तिको दिशामा अगाडि बढ्नेतर्फ लाग्छन् यि सबै गतिविधिहरु निर्वाचन अघिदेखी निर्वाचनको समयावधिसम्म देखिने गतिविधि हुन् ।

त्यतिवेला राजनीतिक नेता कार्यकर्ताहरुले देखाएको बानी व्यवहार र उसले संचालन गर्ने गतिविधिमाथि आम नागरिकहरुबाट पनि क्रिया प्रतिक्रिया आउने गरिरहेको छ त्यो पनि पछिल्लो समय हामीले विभिन्न सामाजिक संजाल वा विभिन्न कार्यक्रमहरु मार्फत भैरहेको पाउन सकिन्छ ।हुनत हाम्रा नेता नेताको रुपमा परिचित हुन सकेका छैनन् ।

निर्वाचन अघिसम्म नयाँ नयाँ नारा ल्याउने नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने र निर्वाचन सम्पन्न पश्चात निर्वाचित भएपछि शुन्य काम नियमित बाहेकका काम शुन्य गर्ने परम्पराका कारण नेतृत्व टिकाईराख्न सकेका छैनन् । जसका कारण भविष्य बुझ्ने र बर्तमानलाई डो¥याउन सक्ने कतिपय सक्षम खालका नेतृत्व समेत पछि परिरहेका छन्, यो हाम्रो राजनीतिककै बिडम्बनाको विषय बनेको छ ।

यसतर्फ पनि समयमै नसोच्ने र आजसम्म जति कमीकमजोरि रहे भोलि हुन दिन्नौं भन्ने खालको एउटा समझदारी तयार गर्न जरुरी छ, अन्यथा पछिल्लो पूर्व, मध्य र पश्चिममा देखिएको स्वतन्त्रको दवदवा देशैभरी हुन धेरै दिन कुर्नु पर्दैन यसर्थ अहिले जो जो दलको नेतृत्वमा छन् उनीहरु पहिले आफैं सुध्रने र दोस्रो त सिंगो पार्टी पंक्ति, सिंगो कमिटि र आम सदस्यहरुलाई जिम्मेवार भएर नागरिककहाँ प्रस्तुत हुने वातावरण तयार गरुन् अन्यथा कतिपय राजनीतिक लदहरु विघठनको संघारमा जानुको विकल्प छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्