डेंगु नियन्त्रणमा ध्यान दिऔँ !

धादिङ,१८ भाद्र ।
पछिल्लो समय डेंगु संक्रमित बिरामी बढ्दै गैरहेका छन् ।अहिले देशभरका विभिन्न अस्पतालहरुमा डेंगुका बिरामी देखिन थालेपछि केही क्षेत्रमा औषधि छर्कन सुरु गरिएको छ । अधिकाँश अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या उच्च हुँदै गर्दा स्थानीय नागरिकहरुमा त्रास बढ्दो छ।

मानिसहरुमा सामान्य किसिमको ज्वरो आउने वान्ता हुने र सामान्य शरीर दुख्ने लगायतका हुनेहरु अस्पताल नजाँदा विरामीले चाप्दै जाने जसका कारण विरामीहरु सिकिस्त सम्म हुनुपरेका समाचारहरु आईरहेका छन् । सामान्य विरामी भएको अनुमान गरिएकाहरु अस्पताल पुग्दा डेंगुको संक्रमण भएका पुष्टि भैरहेको छ ।

गाउँदेखी शहरसम्मका नागरिकहरुमा डेंगु रोग लागेकाहरु अस्पतालमा भर्ना गरेर बस्नु पर्दा स्वास्थ्य संस्थामा विरामीहरुको चाप कायमै छ केही साता यस्तै स्थिति रहने हो भने आम नागरिकहरुले स्वास्थ्योपचारका लागि कति खर्च गर्नुपर्ला आजसम्म राज्यको ध्यान गएको पाइदैन ।

अहिले धेरैजसो तराई जिल्लाहरुमा विरामीको उच्च चाप देखिएको छ भने पहाडी जिल्लासम्म यो अवस्था कायम छ । दिन प्रतिदिन डेंगु रोगको विरामी बढ्दै जाने हो भने डेंगुकै कारण नागरिकको स्वास्थ्य अवस्था भयावह हुन सक्ने अनुमान समेत गर्न सकिन्छ । अहिलेसम्म ठूला अस्पतालहरुमा सयौं जनाले डेंगुको उपचार गराइरहेका छन् ।

डेंगुबाट सुरक्षित रहन लामखुट्टेको टोकाइबाट बच्न, लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न, आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप तथा पुराना टायरमा पानी जम्न नदिन, पानी जमेको स्थानमा हप्ताको दुईपटक पानी वरिपरि डढेको मोविल वा मट्टीतेल छर्कने र खानेपानीका ट्यांकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्न चिकित्सकले सुझाव दिएका छन् ।

डेंगुविरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकले बताएका छन् । डेंगुबाट सुरक्षित रहन मुख्य गरि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने खालको प्रचारको कमीका कारण पनि केही समस्या थपिइरहेको हुनसक्ने सरोकारवालाहरुको भनाई छ ।

कुन खालको लामखुट्टेले टोकेमा त्यो खालको समस्या हुन सक्छ ? डेंगु सार्ने लामखुट्टेले कहाँ कहाँ टोक्छ ? कतिवेला सक्रिय रहन्छ र त्यसको बासस्थानको अवस्था कस्तो हुन्छ भन्ने खालका सामान्य ज्ञान नागरिकमा पु¥याएको खण्डमा पनि सर्वसाधारण नागरिकले यस्तो कुराको बारेमा ज्ञान लिन सक्नेछन् ।

यो विषयमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ । अहिले गाउँ गाउँमा खुलेका वा विस्तार भएका अस्पतालदेखी स्वस्थ्य संस्थाहरुले पनि यो विषयमा भूमीका खेल्नु जरुरी छ अन्यथा डेंगुको संक्रमण बढेर जान सक्छ डेंगु रोग को प्रभावकारी उपचारको व्यवस्था हुन नसक्नु, खोपको उपलव्धता पनि हुन नसक्नु जस्ता समस्या भएका हामीहरुका लागि डेंगु रोग वास्तवमै भयानक डर र त्रासमै रहिरन सक्छ ।

त्यसको लागि लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न, आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप तथा पुराना टायरमा पानी जम्न नदिन लगायतका विषयमा ध्यान दियौं यसबाट केही सुधार गर्न सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्