सरकारी सवारी साधनको सदुपयोग होस् ।

धादिङ,२१ भाद्र ।
संघीय संरचनापछिको तीनै तहको सरकारी कार्यालयहरुले आ आफ्नो कार्यालय प्रयोजनका लागि सरकारी सवारी साधनहरु प्रशस्त खरिद गरी उपयोग गरिरहेका छन् ।

सरकारको दैनिक कार्य सम्पादनका लागि सवारी साधनहरु खरिद तथा प्रयोग अनिवार्य आवश्यकताको विषय पनि हो । तर, पछिल्लो समय कतिपय कार्यालयका कर्मचारीहरुले सवारी साधनको उपयोगलाई विलासिताको रुपमा प्रयोग गरिरहेको समेत पाईएको छ ।

कतिपय कार्यालयका कर्मचारीले आफ्नो दैनिकीलाई सहज पार्नका लागि सवारी साधनको प्रयोग गरिरहेका छन् भने कतिपयले शनिबार वा अन्य सरकारी विदाका दिन घुमघामका लागि सवारी साधनको प्रयोग गरिरहेको गुनासाहरु आईरहेको भए पनि त्यस प्रकारका गतिविधिहरुको नियन्त्रण भएको सुनिएको छैन ।

कोहीलाई कुनै आधिकारीक निकायबाट कारबाही तथा सचेतनाको कार्यक्रम संचालन गरिएको पनि पाइएको छैन । अहिले कार्यालयबाट नियमित पास लिएर संचालन गर्नुपर्ने सरकारी सवारी साधनहरु विनासित्ति विनापास केही कर्मचारीको काममा लगाइएको पाइन्छ भने केर्ही जनप्रतिनिधिहरुले पनि आफ्नो दैनिक प्रयोजन वा निर्देशनमा चलाईराखेको पाउन सकिन्छ पक्कै पनि यो राम्रो विषय होइन ।

आफुले पाएको बेला किन प्रयोग नगर्ने ? सरकारको सम्पत्ति प्रयोग गर्न किन कन्जुस्याई भन्ने खालका भाव प्रयोग गरेको अनुभुती भैरहेको छ । अहिले केही स्थानीय तहका प्रतिनिधिहरु बाहेक अधिकाँसले सरकारको धन फुपुको ……. भनेझैं प्रयोग गरेका छन् । यतिसम्मको घटनाहरु छन् कि एउटा व्यक्तिले आफु कार्यरत रहेको कार्यालयबाट धेरै टाढा रहेको घरमा समेत कार्यालयको दुईपाँग्रे वा अन्य प्रकारका साधनहरु लिएर गएको वा लिन बोलाईरहेका छन् ।

एउटा कर्मचारी ल्याउन वा पु¥याउनकै लागि कार्यालयको गाडि लामो बाटो जान कतिसम्म उचित हुन्छ ? के यसरी सवारी साधनहरु संचालन गर्दा उक्त साधनमा इन्धनको खपतको दर कस्तो रहन सक्छ ? यि र यस्ता विषयमा पनि उनीहरु स्वयम्बाट सोच्न जरुरी छ, अन्यथा सरकारी खर्च निकै बढ्न जाने हुनसक्छ ।

सबै कार्यालयहरुले यसरीनै खर्च बढाउँदै लैजाने हो भने हाम्रो आर्थिक अवस्था कस्तो होला ? कदापि सुध्रन सक्दैन । सरकारी सवारी साधन, चारपाङ्ग्रे वा दुईपाङ्ग्रे जे भए पनि तिनिहरुको प्रयाग उचित तरिकाले भए नभएको सरोकारवालाहरुबाट समेत सुपरभिजन हुनु जरुरी छ । जसले विना पास वा विना काम सरकारी सवारी साधनहरु प्रयोग गरेको उसलाई नियन्त्रणमा लिने सचेत बनाउने र माथिल्लो निकायबाट कानूनानुसार कारबाहीको भागीदार गराउने हो भने सरकारी सवारी साधनको दुरुपयोगमा कमी आउन सक्छ ।

सरकारी साधनहरु इमर्जेन्सि साधनको रुपमा लिएर सेवामुलक काममा सोही अनुरुप प्रयोग गर्ने र अन्य समयमा भरपर्दो सुरक्षा सहित उचित व्यवस्थापन गरी राख्ने हो भने धेरै लामो समय चलाउने सकिने र दिर्घकालसम्म प्रयोग गर्ने मिल्ने हुन जान्छ आम सरोकारवालाहरुको ध्यान त्यतातिर पनि जाओस् यसले कार्यालयको सुशासनमा समेत केही सकारात्मक काम गर्न सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्