धादिङ अस्पतालको आकस्मिक कक्ष विस्तार

धादिङ,२५ भाद्र ।
धादिङ अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । न्यून संख्यामा रहेको शैय्याका कारण समस्या हुँदै आएको भन्दै अस्पतालमा रहेकोे ३ बेड क्षमताको आकस्मिक कक्षलाई सुविधा सम्पन्न बनाई बिस्तार गरेर १२ बेड पु¥याएको अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो।

आकस्मिक शाखामा २४ सै घण्टा मेडिकल अधिकृतले सेवा दिने व्यवस्था गरिएको आकस्मिक शाखाका ईन्चार्ज डा.दिनेश रेग्मीले बताउनुभयो। शाखामा सेवा लिने क्रममा सेवाग्राहीको कुनै गुनासो भए टिपाउन रेग्मीले आग्रह गर्नुभएको छ ।आकस्मिक कक्षमा बेड थप गरेपछि बिरामीको उपचारमा सहज भएको उहाँको भनाई छ ।

अस्पतालको ओपिडीमा दैनिक दुइ सय देखि दुइ सय ५० बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा मात्र दैनिक ४० जनासम्म बिरामी आउने गरेको सूचना अधिकारी वि.कले बताउनुभयो ।

अस्पतालले पछिल्लो समय डाइलासिस सेवा संचालन गरि हालसम्म छैटौं सेवा प्रदान गरिएको, पहिलो पटक रेडियोलोजिस्ट चिकित्सकद्धारा सेवा सुरु, पालिका स्तरमा सहकार्य गरि दोहोरो समन्वयको आधारमा धादिङ अस्पताल र सम्बन्धित पालिका हरु बिच सेवा आदानप्रदान गर्ने कार्य रुबिभ्याली गाउँपालिका बाट प्रारम्भ गरिएको र विद्युतको बारम्बार हुने समस्या न्यूनीकरणको लागि १०० के भि को बैकल्पिक जेनेरेटरको व्यवस्था गरिएको सूचना अधिकारी वि.कले बताउनुभयो ।

May be an image of 1 person and indoor
May be an image of hospital and indoor
May be an image of 1 person and indoor
May be an image of indoor
May be an image of indoor
May be an image of indoor

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्