कोरोना संक्रमित संख्या घट्दै :आज ६६ जना थपिए

धादिङ,०६ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २६२ को नमूना परीक्षण गरिएको थियो । १ हजार १९० ले पिसिआर र २ हजार ७२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १६७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार ३२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४०४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्