रिजल्टबेशमा रहेर काम गरौं ।

धादिङ,०७ असोज।
विजया दशमी नजिकिइसकेको छ तर, ग्रामीण सडकहरुको मर्मत भैरहेको छैन । दशैंको रौनक जसरी सुरु हुनुपर्ने थियो त्यो भएको छैन यसको मुख्य कारण भनेको वर्षायाम नसकिनु हो ।

मौषमविदहरुका अनुसार अबका केही दिनको मौषम खराबै रहने सम्भावना छ । यसकोे प्रभाव आम ग्रामीण क्षेत्रका नागरिकहरुमा प्रत्यक्ष र देशैभरका नागरिकहरुमा अप्रत्यक्ष रुपमा पर्न सक्नेछ । ग

त वर्षहरुमा देखिएको अवस्थाको कुरा गर्ने हो भने पनि यतिवेला ग्रामीण क्षेत्रका सडकहरुमा क्रमशः यातायात संचालन भैसकेका थिए,यो वर्ष ठूला सवारी साधन संचालनमा आउन सकेको छैन, सामान्य रुपमा साना सवारी साधनहरुले दुःखसुख यात्रा गरिरहेका छन् यस्ता खालका सवारीहरु नागरिकका लागि महंगो पर्न जाने गरेको छ ।

स्थानीय सरकारका अधिकारीहरु वा सरकार संचालनमा प्रत्यक्ष सरोकार राख्नेहरुले बाटो मर्मतको कुरा जोड तोडले उठाउँदै आएका छन्, मर्मत गर्दै आएका पनि छन् तर, अप्रत्याशित रुपमा पानी परिरहने गरेका कारण आज मर्मत गरेको स्थानको सडकहरु अर्को दिन हेर्दा उस्तै हुनपर्ने जुन अवस्था सृजना भएको छ, यसले स्थानिय जनप्रतिनिधि समेत वाक्क दिक्क भैसकेका छन् ।

अहीले जुन सरकारले काम गरिरहेको छ संघीय सरकार पुरानै भए पनि स्थानीय सरकारको अनुहार नयाँ छ । यसअघिको अधिकाँश नेतृत्व यसपटकको नेतृत्वमा आएका छैनन् ।

पुराना स्थानीय तहको नेतृत्व गरेका नेतृत्वसमेत रहेको स्थानीय तहमा नयाँ नेतृत्वले गरेको काम कारबाही वा गतिविधिको वाच भैरहेको छ, त्यस कारण पनि हालका जनप्रतिनिधिहरुले रिजल्टबेसमा काम गर्नुपर्ने आवश्यकता छ, अहिले नयाँले गर्ने र गरेको देखिने काम भनेको आफ्ना क्षेत्रभित्र रहेको सडकहरु बाह्रै महिना सुचारु हुन सक्ने गरि संचालन गर्नु हो ।

गाउँ गाउँमा बससेवा संचालन भएका छैनन् । इन्धनको भाउ गत २ वर्षको अबधिको तुलनामा दोब्बर भन्दा धेरै भएको छ, इन्धनको महंगीको कारण सबै सबै सेवा तथा वस्तुको उत्पादन खरिद विक्री समेत महंगिएको छ । यसको प्रभाव यो दशैमा प्रत्यक्ष भोग्नुपर्ने अवस्था छ यो आम नेपालीहरुकै लागि दुःखद् पक्ष हो ।

हुनतः महंगि लगायतका गम्भीर खालका विषयवस्तुसंग जोडिएर स्थानीय तहले गर्न सम्भव छैन तर,अहिले जसरी गाउँ गाउँ सम्मको जीवनशैली चलिरहेको छ यसको परिर्वतनका लागि भने नयाँ योजना तरिकाको भने प्रयोग गर्नु अनिवार्य छ ढिलो चाँडो प्रविधिको प्रयोग गरेर हुन्छ या अहिले भैरहेको वस्तुगत अवस्था कस्तो रहन्छ सोहि अनुसार चल्नुपर्ने आवश्यकता छ ।

नागरिकको मुख्य मुख्य चहलपहल हुने समय दशैं तिहार, छठ पर्व लगायतका सांस्कृतिक पर्वहरु नजिकिदा आफुले काम गरेको देखाउनको लागि मुख्यतः बाटो, सडक, शिक्षाक्षेत्र तथा आधारभुत आवश्यकता पर्ने भौतिक पूर्वाधार लगायतको विकास र सवल व्यवस्थापन गर्दै जाने हो भने त्यो पनि रिजल्ट आउने गरी गरिएको काममा पर्ने विषयबस्तु हुने यसमा चाँडो भन्दा चाँडो ध्यान जाओस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्