दुर्घटनाबाट बचौं र बचाऔं ।

धादिङ,०७ असोज।
गजुरी बजारमा भएको दुर्घटनामा एकजना बालकले ज्यान गुमाएपछिको अवस्थालाई हेर्ने हो भने सवारी चालकले गरेको एउटा सानो कमजोरीका कारण दुर्घटना र दुर्घटना पछिको परिणाम कस्तो हुनसक्छ भन्ने ठोस् प्रमाण खोज्न अन्त कहिँ कतै जानु पर्दैन ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको बसले बिहिबार विद्यालय हिँडेको बालकलाई जेब्रा क्रसिङमा ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यू हुनु र घटनापछि तनाबग्रस्त बजारका भीडले बसमा आगजनी गरि ध्वस्त बनाइदिए ।

यो दृष्यले वास्तवमै भन्ने हो भने आम मान्छेको मन दुख्छ । एउटा बालक जो विद्यालय जाँदा जाँदा त्यो पनि जेब्रा क्रसिङमै मृत्युवरण गर्नुपर्ने जुन अवस्था बन्यो त्यो किसिमको घटनालाई गम्भीर अपराधको सूचीमा राखेर छानविन गर्न जरुरी छ ।

उता एउटा निर्जिव सवारी साधन जो मानिसको निर्देशन अनुसार चल्छ त्यसलाई आगजनी गरेर ध्वस्त बनाउदा फाईदा चै कसलाई ? हुनत जो पिडित परिवारका छन् उनीहरुले तत्काल घटनालाई नियन्त्रण गर्न माह्वल बनाउने सोंच आउने त कुरै हुँदैन यो कुरा विज्ञानले नै सिद्ध गरिदिएको छ कि आपतकालीन अवस्थामा मानिसको मष्तिकले पछिसम्मको असर के हुन्छ ? कसकसले के के गर्दा सराकारात्मक काम बन्छ भन्ने कुरा विर्सन सक्छ र नकारात्मक सोंचले मात्रै काम गरिरहेको हुन्छ यो अवस्थामा आम समस्याको समााधान गर्न भूमीका खेल्ने कसले ? गजुरीको घटना के के गरेको भए र कसले भूमीका खेलेको भए नियन्त्रण र समाधान तर्फ अगाडि बढ्थ्यो ? यो कुरा किन सोचिएन ।

घटना घटेकै ठाउँमा डिएस्पीकै कमाण्डमा रहेको प्रहरी टोलीले के काम गर्यो ? बालकको मृत्यूसंगै यति धेरै भीड बजारमा आएका थिए त ? घटना घटेको लामो समयसम्म पनि दुर्घटना घटाउने सवारी साधन मुल सडकमै राखेर तमासा देखाउन प्र्रहरीलाई लाज लाग्नुपर्ने होइन र ? कि आवेशमा आएका भिडहरुको जस्तो हर्कत भए पनि हामी नियन्त्रणमा लिन सक्छौं भन्ने घमण्ड प्रहरीलाई लाग्यो ? यसको पनि उचित छानविन हुनुपर्छ । शान्ति सुरक्षा, अपराधका घटनाको नियन्त्रण गर्न तैनाथ सुरक्षा बलमाथि नै यस्तो प्रश्न उठाउने वातावरण प्रहरी नेतृत्वबाट हुनहुँदैनथ्यो।

निर्जिव बस्तुमाथि आगजनि गरेर मृत शरिर फर्किदैन, अवको विकल्प यो यो हुनसक्छ र दोषिलाई कानून अनुसारको कारबाहीको प्रतिवद्धता समयमै जनाएको भए घटनामाथि घटना नै नथपिन पनि सक्थ्यो । गजुरी प्रहरीको कस्तो कामप्रति कति मान्छे सन्तुष्ट छन् भन्ने कुरा सामाजिक संजाल फेसवुक वालबाट पनि देख्न सकिन्छ ।

आगामी दिन गजुरी प्रहरीलाई सुधार गर्न के के विषयमा काम गर्नुपर्छ भन्ने कुरा त्यहाँबाट पनि प्रष्ट हुन्छ । केही समयदेखी स्थापित प्रहरी मेरो साथीको नारालाई पुनस्थापित गर्न र आगामी दिनमा पनि निर्जिव बस्तु आगजनी नष्ट या ध्वस्त पार्नु भन्दा कानुनी उपचारमा जानु सबैभन्दा वुद्धिमानी हुन्छ भन्ने खालको सन्देश जाने खालको कार्यक्रम संचालन गर्न सरोकारवालाहरुको ध्यान जाओस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्