काठमाडौं । वागमती प्रदेश प्रहरीले फायरिङबाहेकका अन्य प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।
वागमती प्रदेश प्रहरी कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रशिक्षणका लागि हाल प्रयोग भइरहेका सक्कली हतियारहरु बिग्रने र फुट्ने हुँदा काठको डमी हतियार प्रयोग गर्न लागिएको जनाएको छ ।
कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएअनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी वागमती प्रदेशअन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाईमा यसको सुरुवात गर्न लागिएको जनाइएको छ ।
जसअनुसार पहिलोचरणमा ५० थान काठको डमी हतियार निर्माण गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिएकी छन् ।