एन्ड्रिया मेजा बनिन् यस वर्षको मिस युनिभर्स

३ जेष्ठ । मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजा यस वर्षको मिस युनिभर्स बन्न सफल भएकी छन् । २६ वर्षीया मेजाले ७३ जना अन्य सुन्दरीहरुलाई पछि पार्दै मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।अमेरिकाको फ्लोरिडामा आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज जितेकी मेजा मिस मेक्सिको हुन् ।

मेक्सिकोको चिहुवाहुवा सहरमा जन्मेकी मेजा मेक-अप आर्टिस्ट र सफ्ट वेयर इन्जिनियर समेत हुन् । उनी केही समयदेखि लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय हुँदै आएकी छन् ।

‘आज राति ७३ जना अन्य अदभूत युवतीमध्ये आफू छनौट भएकोमा गौरवको अनुभूति भएको छ’, मेजाले विज्ञप्तिमार्फत् भनेकी छन्, ‘मिस युनिभर्सको ताज पहिरिने सपना पुरा भएको छ र आगामी दिनमा समानताका लागि वकालत गर्दै विश्वलाई सेवा गर्ने आशा राखेकी छु ।’

मेजाले आफ्नो कार्यकालमा विभिन्न ब्राण्ड तथा परोपकारी संस्थाको प्रतिनिधित्व गर्न न्यु योर्क जाने मिस युनिभर्स अर्गनाइजेशनले जानकारी गराएको छ ।

प्रतियोगितामा मिस ब्राजिल जुलिया गामा फस्ट रनर-अप र मिस पेरु जेनिक म्यासेटा डेल कास्टिलो सेकेण्ड रनर-अप भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्