धादिङमा कोरोनाबाट थप दुईको मृत्यु,मृतकको सङ्ख्या २७ पुग्यो

धादिङ,०३ जेठ । 
कोरोना भाइरस संक्रमणबाट धादिङमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङकोे सिद्धलेक गाउँपालिका–६ स्थित गजुरी छापकी ४० वर्षिया महिला र बेनीघाट रोराङ गाउँपालिका–७ का ५० वर्षिय पुरुष रहेका छन् । 

सिद्धलेककी महिलाको काठमाडौंमा उपचारको क्रममा आईतबार बेलुका ९ बजे मृत्यु भएको हो भने बेनीघाटका पुरुषको त्रिशुली अस्पतालमा सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण सँगै मधुमेहले ग्रस्त ति पुरुष वैशाख ३० गते त्रिशुली अस्पतालमा भर्ना भएका थिए । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । यसअघि शनिबार धादिङका एक पुरुष र एक महिलाको संक्रमणका कारण मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्