काठमाडौँमा आज ३ हजार ९८ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।काठमाडौंमा अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या १ हजार ८२५ रहेको छ । जसमध्ये १८५ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्