धादिङ अपडेट:तिनको मृत्यु,७० जनामा कोरोना पुष्टि,१० जना डिस्चार्ज

धादिङ,०३ जेठ ।
धादिङका थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४९, धुनीबेशीका ३, गल्छीका १, बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै ज्वालामुखीका २, त्रिपुरासुन्दरीका ४, गंगाजमुनाका ४,नेत्रावतीका १, थाक्रेका १, सिद्धलेकका २, रुवीभ्यालीका १ र पालिका नखुलेका ८ जना गरी कुल ७० जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र ५० र जिल्ला बाहिर २० पोजिटिभ केश देखिएको छ।

यससँगै जिल्लामा सक्रिय केश एक हजार ६७ पुगेको छ । संक्रमित मध्ये ७८० जना जिल्ला भित्र र २८७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ७५५ पुगेको छ । जिल्लाभित्र अस्पताल आइसोलेसनमा २५, संस्थागत आइसोलेसनमा गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, बेनिघाट रोराङ्गमा ८, रुबिभ्यालिमा २, धुनिबेसिमा १ र गजुरीमा ९ रहेका छन् भने होम आइसोलेसन मा ७३० जना रहेका छन। त्यसैगरी जिल्ला बाहिर अस्पताल र संस्थागत आइसोलेसनमा २४ जना रहेका छन् भने होम आइसोलेसनमा २६३ जना रहेका छन्।

जम्मा संक्रमित मध्ये १ हजार ७७० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ९ सय ४२ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज थप १० संक्रमितले कोरोना जितेसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या १६६० पुगेको छ ।

आज निलकण्ठमा १ पुरुष, सिद्धलेक मा १ महिला र बेनिघाट रोराङ्गमा १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ र यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। आज त्रिपुरासुन्दरीमा ७०, गंगाजमुनामा २१, नेत्रावतीमा ३, थाक्रेमा १२ र धादिङ्ग अस्पतालमा ६० गरि जिल्ला भित्र १६६ स्वाब संकलन भएको छ। यससँगै जिल्लामा ६४० जनाको नतिजा आउन बाँकी रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्