सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

उदयपुर : कोरोना महामारीको सयममा उदयपुरको कटारी नगरपालिकाका सुकुमबासी आन्दोलित बनेका छन्।

कटारी नगरपालिकाले वडा नम्वर ४ मा रहेको सुकुमबासी टोलमा डोजर चलाएर घर भत्काएपछि उनीहरूले जनप्रतिनिधिहरुको घर तोडफोड गरेका छन्। बुधबार बिहान नगरपालिकाले डोजर चलाएर सुकुमबासी बस्तीका झण्डै आधा दर्जन घर भत्काएको थियो।

स्थानीय खम्बबहादुर दनुवारले जानकारी दिए। उनले भने, ‘सुकुमबासीका घरहरु भत्केपछि सुकुमबासी टोलका स्थानीयले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत ४ नम्बरका वडाध्यक्ष कृष्ण दनुवारलगायतका घरमा तोडफोड गरेका छन्। आन्दोलनकारी जनप्रतिनिधिविरुद्ध चर्को नाराबाजी गर्दै घरमा ढुंगा हान्दा घरका सिसा फुटेको छन्। 

आन्दोलनमा भीड बढेकाले जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्