धादिङमा बुधबार १५८ संक्रमित थपिए,४६६ जना संक्रमण मुक्त

धादिङ,०५ ज्येष्ठ ।
धादिङका थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४, गल्छीका ४१, गजुरीका ४, बेनिघाट रोराङका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै गंगाजमुनाका १०, थाक्रेका ३२, रुवीभ्यालीका १५ जना गरी कुल १५८ जनामा संक्रमण पुष्टि भएको छ । 

यससँगै जिल्लामा सक्रिय केश ८६२ पुगेको छ । संक्रमित मध्ये ७१५ जना जिल्ला भित्र र १४७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ५१ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा बेनिघाटमा १०, गंगाजमुनामा १२, रुबिभ्यालिमा २, गजुरीमा ४, धुनिबेसिमा १, त्रिपुरासुन्दरीमा ४, गल्छीमा ७ र जिल्ला भित्र होम आइसोलेसनमा ६५६ रहेका छन्।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २६ र होम आइसोलेसन मा १२१ जना रहेका छन्। नया प्रोटोकल अनुसार १४ दिन आइसोलेसनमा बसेको डिस्चार्ज हुदा डिस्चार्ज हुनेको संख्या ४६६ रहेको छ। यससगैँ जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार १५७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ रहेको छ ।

आज निलकण्ठमा ११६, रुबिभ्यालिमा ९, गंगाजमुनामा २८, गजुरीमा ११, बेनिघाटमा १०९ र धुनिबेसिमा ५३ गरेर ३२६ स्वाब संकलन भएको छ । यससँगै जिल्लामा ६१८ जनाको नतिजा आउन बाँकी रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्