एट्लान्टालाई हराउँदै युभेन्ट्स इटालियन कप च्याम्पियन

काठमाडौं। इटालियन कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । गएराति भएको फाइनल खेलमा एट्लान्टालाई २-१ ले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो ।युभेन्ट्सको जीतमा डेजान कुलुसेभ्सकी र फेडेरिको चिजाले १-१ गोल गरेका थिए । एट्लान्टाका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा कुलुसेभ्सकीको दर्शनीय गोलमा युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा एटलान्टाले बराबरी गोल फर्कायो । हान्स हाटबोएरको पासलाई सदुपयोग गर्दै रुस्लान मालिनोभ्स्कीले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

७३औं मिनेटमा चिजाले युभेन्टसलाई पुन: अग्रता दिलाए । उनले कुलुसेभ्सकीसँग सुन्दर पास खेल्दै गोल गरेका थिए । खेलको ८८औं मिनेटमा रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि एटलान्टाका राफेल टोलोइले रातो कार्ड पाएका थिए ।

युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । गत सिजन युभेन्टस फाइनलमा नेपोलीसँग पराजित हुन पुगेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्