स्पेनले दियाे नेपाललाई साढे १४ करोडको स्वास्थ्य सामग्री, आज काठमाडौँ पुग्ने

काठमाडौं । स्पेनले नेपाललाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ठूलाे मात्रामा  स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री आज (बिहीबार) काठमाडाैँ आइपुग्ने बताइएकाे छ ।

बुधबार राति स्पेनकाे राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमानमार्फत उक्त सामग्री नेपाल पठाइएकाे जनाइएकाे छ । स्पेनस्थित नेपाली राजदूतावासले दिएकाे जानकारी  अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन् ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकाे बताइएकाे छ । बुधबार राति नै उक्त उडान भइसकेकाे र बिहीबार ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ । राजदूत शेर्पासँगै  अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान पनि नेपालका लागि उडेकाे बताइएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्