धादिङ अपडेट:थप १३७ जनामा कोरोना पुष्टि,८७ जना संक्रमण मुक्त

धादिङ,०६ जेठ । 
धादिङका थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४,धुनीबेशीका ३, गल्छीका २१, गजुरीका ४, बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै ज्वालामुखीका ५,त्रिपुरासुन्दरीका ५५, गंगाजमुनाका २, थाक्रेका १,खनियाबासका ३२,सिद्धलेकका १, रुवीभ्यालीका ५ जना  र पालिका नखुलेका ५ जना गरी कुल १३७ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र ११५ र जिल्ला बाहिर २२ पोजिटिभ केश देखिएको छ।

यससँगै जिल्लामा सक्रिय केश ९१७ पुगेको छ । संक्रमित मध्ये ७८५ जना जिल्ला भित्र र १३२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार १९७ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २७ र ७४९ जना होम आइसोलेसनामा रहेका छन् ।  त्यसै गरि जिल्ला बाहिर होम तथा अस्पताल आइसोलेसनमा १३२ जना रहेका छन् । 

आज जिल्लाका ८७ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार २४४ पुगेको छ । यस्तै संक्रमणबाट धुनिबेसीका ४८ र ७२ बर्षीय पुरुष र ज्वालामुखीमा ५५ बर्षीय पुरुष गरि आज तिन जनाको मृत्यु भएको छ ।  यो संगै जिल्लाको मृत्यु संख्या ३६ पुगेको छ । आज ज्वालामुखीमा २४१ स्वाब संकलन भएको छ। यससँगै जिल्लामा ७८० जनाको नतिजा आउन बाँकी रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्