इजरायली हमलामा २३० प्यालेस्टिनीको मृत्यु, झण्डै ३८ अर्ब बराबरको भौतिक सम्पत्ति नष्ट

इजरायली लडाकु विमानले बिहीबार समेत गाजामा बमबारी जारी राखेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निरन्तर आग्रह गरे पनि हवाइ हमला रोकिएको छैन ।

इजरायलले हमासका ठेगानालाई लक्षित गरी बमबारी र गोलाबारी गरेको बताइरहेको छ । तर हमलमा परी सबैभन्दा धेरै बालबालिका र महिलाको ज्यान गएको देखिन्छ । हमलामा परी ज्यान गुमाउने २३० प्यालेस्टिनिमध्ये ६५ बालबालिका र ३९ जना महिला छन् ।

यसबाहेक, प्यालेस्टिनी अधिकारीहरुले इजरायली हमला र गोलाबारीबाट ३२२ मिलियन अमेरिकी डलर (झण्ड ३८ अर्ब नेपाली रुपैयाँ) बराबरको भौतिक सम्पत्ति क्षति भएको बताएका छन् ।

अधिकारीहरुका अनुसार इजरायली आक्रमणमा परी १८४ वटा अग्ला आवासीय भवन एवं घर र ३३ वटा सञ्चार गृह पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै १३ सय ३५ वटा आवासीय इकाईमा गम्भीर र १३ हजार आवासीय इकाईमा आंशिक क्षति पुगेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले गरेको रकेट प्रहारबाट इजरायलमा समेत मानवीय एवं भौतिक क्षति भएको छ । रकेट हमलाका कारण अहिलेसम्म १२ जना इजरायलीको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्