धादिङ अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

धादिङ,०८ जेष्ठ  । 
बेलायतबाट डा.कमल अर्यालले धादिङ अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ । गोरखा जिल्लाको दर्बुङ घर भई बेलायतमा बस्दै आउनुभएका वरिष्ठ कन्सल्ट्यान्ट सर्जन डा.अर्यालले धादिङ अस्पतलालाई २ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर (Oxygen Concentrator) सहयोग गर्नु भएको हो ।

अन्तराष्ट्रिय धादिङ समाजका राजन खकुरालको पहलमा अर्यालले सहयोग गर्नुभएको उक्त अक्सिजन कन्सन्ट्रेटर शनिबार धादिङ अस्पताललाई हस्तान्तरण गरिएको हो । कोभिड–१९ विरुद्ध लड्न सहयोग स्वरुप अस्पताललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको राजन खकुरालले बताउनुभयो ।

अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटरले नागरिकको जीवन बचाउन ठूलो महत्व राख्ने धादिङ अस्पतालले जनाएको छ । हाल धादिङ अस्पतालद्धारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा १५ जना कोरोना संक्रमित उपचाररत रहका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्