धादिङमा आँखुखोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु

धादिङ,०८ जेठ ।
आँखुखोलाले बगाउदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । धादिङको नेत्रावती र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोलाले बगाएर गंगाजमुना गाउँपालिका–३ मम्वैका श्रीमान् ६२ वर्षिय लुर बहादुर गुरुङ र श्रीमती ६० वर्षिया असारी माया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । 

शनिबार विहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव खोला भन्दा २ सय मिटर तल पाखामा भेटिएको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्