बैंक तथा वित्तिय संस्था खोल्न नयाँ नियम

काठमाडौं- नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गको बैंक तथा वित्तिय संस्था सञ्चालनमा कडाइ गर्ने भएको छ। सोमबार एक सूचना प्रकाशन गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको हो।राष्ट्र बैंकले काठमाडौं उपत्यकामा ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थाले काठमाडौं जिल्लामा तीन, ललितपुरमा दुई र भक्तपुरमा एक मात्रै शाखा सञ्चालन गर्न सकुर्लर गरेको छ।

यसैगरी ‘ख’ वर्गको बैंक तथा वित्तिय संस्थाले काठमाडौंमा दुई, ललितपुरमा एक र भक्तपुरमा एक  मात्रै शाख सञ्चालन गर्न निर्देशन दिएको छ।

ग’ वर्गका बैंक तथा वित्तिय संस्थाको हकमा भने काठमाडौंमा एक, ललितपुरमा दुई र भक्तपुरमा एक  मात्रै शाखा सञ्चालन गर्न पाउने छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्