चुनाव हुन्न भन्ने भ्रममा नपरौँ, घोषित मितिमै हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्न भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नु भएको छ ।

आज १४औँ गणतन्त्र दिवसका अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा विश्वस्त नहुन आग्रह गर्नु भएको हो।

सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ रहेको र मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प भएको उहांले बताउनुभयो ।

प्रधानमन्त्रि ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति घोषणा गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्