धादिङमा सोमबार २६४ जनामा कोरोना पुष्टि १४२ जना निको भए

धादिङ,१७ जेठ ।
धादिङका थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका १८०, गजुरीका २, बेनिघाटका ६, ज्वालामुखीका ६८, त्रिपुरासुन्दरीका ३, गंगाजमुनाका १९, नेत्रवातीका ३, थाक्रेका २२, रुबिभ्यालिका ३ जना र धादिङ अस्पतालका १२ जना गरी जिल्ला भित्र २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यससँगै जिल्लामा सक्रिय केश १ हजार ६१२ पुगेको छ । संक्रमित मध्ये १४ सय ८२ जना जिल्ला भित्र र १३० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ३८९ पुगेको छ । 

आज जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसानमा १४४४ जना रहेका छन्। त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १०५ जना रहेका छन्।

यस्तै आज धादिङका थप १४२ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ९६४ पुगेको छ ।  आज जिल्ला भित्र १३६ स्वाब संकलन र १०५ एनटीजेन परिक्षण भएको छ । यससँगै जिल्लाभरका १८९ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्