रातु खोला दोहन गर्नेलाई कारवाही गर्न पाेखरेलकाे माग

काठमाडाैं- नेकपा(माओवादी)का नेता गिरिराजमणि पोखरेलले रातु खोला दोहन गर्नेलाई कारबाही गर्न माग गरेका छन्।  किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको चिन्ता व्यक्त गरेका छन्। पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस)र भंगाहा–४ रामनगरस्थित रातु खोला  दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेका गर्न माग गरेका हुन्।

क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७  उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा ध्यानाकर्षण पनि भएकाे बताएका छन्।अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत(पिउने पानी र सिंचाइ) समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन सरोकार पक्ष सबैमा उनले विशेष अनुरोध गरेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्