बिकास निर्माणमा फड्को मार्दै धादिङको सिद्धलेक गाउपालिका, मुख्य तिन सडकको कालोपत्रे सुरु

धादिङ,२० जेठ । धादिङको सिद्धलेक गाउँपालिकाका मुख्य तीन वटा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । गाउँपालिकाकोबैरेनी–पिपलनलाङ–ठाँटी–कमलाबारी सडक, बुंङचुङ–आरूबास–भेडाबारी–मैदान –कमलाबारी (खीन बहादुर थापा) मार्ग र परेवाटार–कुम्पुर सडक कालोपत्रे गर्ने काम सुरु भएको हो ।

बैरेनी–कमलाबारी सडक खण्डका लागि प्रदेश सरकारबाट प्राप्त १ करोड १० लाख रुपँैया र भुमि त्रिपाठी संसद विकास कोषबाट प्राप्त ५० लाख गरी १ करोड ६० लाखको लागतमा सडकको नाला र वाल सहित ९६० मिटर कालोपत्रे गर्ने कार्य सुरु भएको गाउापालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । यस्तै बुंङचुङ–आरूबास–भेडाबारी–मैदान –कमलाबारी (खीन बहादुर थापा) मार्गको डेड किलोमिटर र परेवाटार–कुम्पुर सडकको १२ सय मिटर सडकको पनि कालोपत्रे गर्ने काम सुरु भएको  अध्यक्ष सिलवालले बताउनुभयो।

सडक कालोपत्रे गर्ने काम सुरु भएकाले गाउँपालिकाले एक सार्वजनिक सूचना निकाली अर्को सूचना नआउन्जेल सम्मको लागि उक्त सडक प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न आग्रह समेत गरेको छ । गत आर्थिक बर्षमा नै कालोपत्रे गर्ने योजना रहेपनि कोभिड १९ को कारण प्रभावित बनेको उक्त मुख्य तीन सडकको कार्य असारसम्म गरिसक्ने लक्ष्यको साथ कालोपत्रे सुरु भएको अध्यक्ष सिलवालको भनाई छ । कोरोना महामारीका कारण गतबर्ष कालोपत्रे गर्न नसक्दा उक्त सडकको रकम फिर्ता भएको थियो । यो वर्ष पुनः जसरी पनि कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कोरोना महामारीमा पनि पूर्ण स्वास्थ्य सावधानीका साथ धमाधम कार्य भैरहेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो । 

स्थानीय सरकारको निर्माण भएपछि धादिङमा सिद्धलेक गाउँपालिका ग्रामिण मोटरबाटो कालोपत्रे गर्ने पहिलो गाउँपालिका हो । गाउँपालिकाको चक्रपथको रुपमा रहेको उक्त तीन सडकको कुल लम्बाई ६० किलोमिटर रहेको छ । हरेक आर्थिक वर्षमा कम्तिमा प्रत्येक वडाको ३–४ किलोमिटरका दरले सडक कालोपत्रे गर्दै लैजाने योजना बनाइएको गाउँपालिका अध्यक्ष सिलवालले बताउनुभयो । चालु आर्थिक वर्षमा तीन वटा सडक कालोपत्रेका साथै स्तरोन्नती गरिने र बजेट रकमले भ्याएसम्म बाह्रैमास यातायात सञ्चालन गर्न मिल्ने गरी सडकको दायाँबायाँ नाला काट्ने (ड्रेन बनाउने) र ग्राबेल गरिने गरी कार्य अगाडी बढाइएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्