धादिङमा आज १४५ संक्रमित थपिदा २२१ जना डिस्चार्ज

धादिङ,२० जेठ । 
धादिङका थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका  ८०,धुनीबेशीका १५, गल्छीका ७, बेनिघाटका  ३,ज्वालामुखीका ३, त्रिपुरासुन्दरीका ३ , गंगाजमुनाका २५, थाक्रेका २ जना,खनियाबासका ३ जना र पालिका नखुलेका ४ जना गरि आज जिल्लाका १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

आज जिल्ला भित्र १२४ र जिल्ला बाहिर २१ पोजिटिभ केश रहेको छ । १४५ जना मध्ये १०३ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ४२ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय केश १ हजार ५३७ पुगेको छ। संक्रमित मध्ये १३ सय ८६ जना जिल्ला भित्र र १५१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ६१५ पुगेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा १३ सय ३३ जना रहेका छन्।  त्यसै गरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १२१ जना रहेका छन्। यस्तै आज धादिङका थप २२१ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ३१९ पुगेको छ ।

यस्तै ज्वालामुखी गाउँपालिकाका ७४ बर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ५२ पुगेको छ। आज निलकण्ठमा १३३ र गंगाजमुनामा ५९ गरि आज जिल्ला भित्र १९२ स्वाब संकलन भएको छ भने १०९ एन्टिजेन परिक्षण भएको छ । हाल जिल्लाभरका ४०१ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्