धादिङको नीलकण्ठ नगरपालिका द्धारा अक्सिजन प्लान्ट जडान,प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने

धादिङ,२० जेठ ।
धादिको नीलकण्ठ नगरपालिकाले मिनि अक्सिजन प्लान्टको जडान गरेको छ । बिहिबार एक कार्यक्रमको बिचमा प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने मिनि अक्सिजन प्लान्टको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले उद्घाटन गर्नु भएको हो ।


नगरबासी बचाउनुनै अहिलेको काम भएको बताउदै ,अक्सिजनको अभावको कारण कोरोना संक्रमितको मृत्यु हुनुपरेको भन्दै ढुंगानाले अक्सिजनको अभावको कारण कसैको मृत्यु हुनुनपरोस भनेर अहिलेलाई मिनि अक्सिजन प्लान्ट जडान गरीएको मेयर ढुंगानाले बताउनुभयो ।

२ ओटा मिनि अक्सिजन प्लान्टले प्रतिमिनेट ४० लिटर उत्पादन गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ३३ लाखको लागतमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्