धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ । ५५ वर्षीय पौडेलको शुक्रबार बिहान उपचारको क्रममा काठमाडौँ स्थित स्टार अस्पतालमा निधन भएको धादिङ जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिनुभयो।

झापा घर भएका पौडेल बिगत दुई बर्षदेखी धादिङ जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो । तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका न्यायाधीश पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्