धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि शुक्रबार बसेको कोभिड व्यवस्थापन समिति (DCCMC) को बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा राति १२ बजे सकिँदै छ । यो सँगै जिल्लामा निषेधाज्ञा तेस्रो पटक थपिएको छ । 

बैठकले निषेधाज्ञा समयमा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल खुल्ने समय १ घण्टा थप गरेको छ । हाल बिहान ६ बजे देखि ९ बजेसम्म मात्रै खुल्दै आएको अत्यावश्क सामाग्री बिक्रि गर्ने पसल अब बिहान १० बजेसम्म खोल्न पाउने भएको छ । टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

व्यवसायीहरुले नियमित आपूर्ति नगरी,कृत्रिम अभाव देखाई मूल्यबृद्धि,कालोबजारी,जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने निणर्य गरेको छ । साथै शुक्रबारको बैठकले यसअघिका बैठकमा भएका निर्णयहरुलाई निरन्तरता दिएको छ । निषेधाज्ञा अवधीभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६  बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोषाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने बैठकलले निर्णय गरेको छ । 

सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी बाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्