सिड्स नेपालद्वारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

धादिङको थाक्रे गाउँपालिकालाई सामाजिक कार्यमा क्रियाशिल संस्था चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण रोकथाम तथा उपचारमा सहयोग पुर्याउने उदेश्यले सिड्स नेपालले सहयोग गरेको हो। युनाइटेड मिसन टु नेपाल सँगको साझेदारीमा सिड्स नेपालले थांक्रे गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको  सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

शुक्रबार एक कार्यक्रमका बीच सिड्स नेपालका कार्यकारी निर्देशक रुपाखेतीले थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आर्चायलाई १८ वटा सर्जिकल बेड, पिपि सेट २२ वटा, अक्सिमिटर ४० सेट, थर्ममिटर वाटर डिस्पेन्सर १२ वटा, सर्जिकल मास्क २००० थान , १५० थान, औषधी, के–एन मास्क, सेनिटाइजर २० लिटर, ३३ ह्यान्ड टावल लगाएतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । संस्थाले ८ लाख ८५ हजार रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्