खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २२ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल पक्षका स्थायी कमिटीको बैठक आज बस्दै छ । दुई दिनसम्म केन्द्रीय कमिटीको भर्चुअल बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो ।

एक नेताले जनाएअनुसार बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा एमाले विवाद मत्थर हुन नसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुलै राख्‍ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

नेपाल समूहका नेताहरुले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने तर ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्