राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट बशुमाया तामाङ र हिमेश पन्तले दिए उम्मेद्वारी

धादिङ २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट पनि धादिङमा उम्मेद्वारी दर्ता गराएका छन् । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ बाट हिमेश पन्त र क्षेत्र न २ बाट बशुमाया तामाङले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गराउने क्रममा घण्टी बजाएर उम्मेद्वारहरुले बजार परिक्रमा गरेका थिए ।
बजारमा घण्टि बज्दा स्थानियहरुले उत्साहित भएर हेरेका थिए ।

प्रतिनिधि सभा क्षेत्र न १ मा उम्मेद्वारी दर्ता गराएका पन्त हास्यकलाकार हुन भने प्रतिनिधि सभा क्षेत्र न २ बाट उम्मेद्वारी दिएकी बशुमाया तामाङ पार्टीका केन्द्रिय सह कोषाध्यक्ष समेत हुन् ।

बशुमाया तामाङ ज्वालामुखी ४ निवासी हुन् । उनिहरु दुवै जनाले पार्टी बाट आधिकारिक टिकट लिई उम्मेद्वारी दर्ता गराएका पार्टीका बागमती प्रदेश समिति सदस्य राजन अर्यालले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्