धादिङमा संघ र प्रदेश गरी ७४ जनाको उम्मेद्वारी, ३४ स्वतन्त्र

धादिङ २४ असोज । धादिङ जिल्लामा संघ र प्रदेश सभा सदस्यको लागी ७४ जनाको उम्मेद्वारी परेको छ, त्यसमा ३४ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् । मंसिर ४ गते हुने निर्वाचनको लागी हिजो भएको मनोनयनमा दल तथा स्वतन्त्र तर्फ बाट उम्मेद्वारी दिनेको संख्या ७४ पुगेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जना, प्रदेश सभा १ (क) मा १५ जना, प्रदेश सभा १ ( ख)मा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा १७ जना, प्रदेश सभा २ क मा ६ जना र प्रदेश सभा २ ख मा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यी हुन धादिङ प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेद्वारहरु
प्रतिनिधि सभा क्षेत्र न १ मा नेकपा एमालेका भूमी प्रसाद त्रिपाठी, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त,राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार रिमाल, जनता समाजवादी पार्टीका नोरमान तामाङ,जन समाजवादी पार्टी नेपालका पुष्कर सेढाई,नेपाल मजदुर किसान पार्टीका विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाईजेशनका सुमन तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नेमा धादिङका पुराना वामपन्थी नेता उत्तमराज शर्मा कँडेलले अर्जुन तिमल्सेना,ऋषि खतिवडा,जनक भट्टराई, प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा १ (क) का उम्मेद्वारहरु
प्रदेश सभा १ (क) नेकपा एमालेका रमेशकुमार आचार्य, नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्य, जन समाजवादी पार्टी नेपालका बिष्णु नेपाली, मंगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङ,नेपाल मजदुर किसान पार्टीका पदमबहादुर तामाङ,जनता समाजवादी पार्टी नेपालका सूर्यवहादुर तामाङले पार्टी बाट आधिकारिक टिकट लिई उम्मेद्वारी दर्ता गराएका हुन् ।
त्यसै गरी यसै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा नेत्रराज पौडेल,ईश्वर कोईराला कुमार विश्वकर्मा, माधव खतिवडा, रमेशप्रसाद आचार्य, रविना पौडेल,सुजन थिङ,सुरतकुमार श्रेष्ठ रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा १ (ख) का उम्मेद्वारहरु
प्रदेश सभा १ (ख) उम्मेदवारी दिनेहरुमा गठवन्धनबाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, नेकपा एमालेका गजेन्द्र प्रसाद थपलिया,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितबहादुर भण्डारी, नेपाली काँग्रेस (विपि)बाट एकराज सिलवाल, मंगोल नेशनल अर्गनाईजेशनबाट मिनबहादुर थापा मगर, जन समाजवादी पार्टी नेपालबाट बुद्धिवल उपरकोटी रहेका छन् ।
त्यसै गरी प्रदेश सभा १ (ख) स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा ईश्वरप्रसाद खरेल, दिलवबहादुर घले, देवेन्द्र प्रसाद शर्मा, शालिग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवाल रहेका छन् ।

यी हुन धादिङ प्रतिनिधि सभा क्षेत्र न २ का उम्मेद्वारहरु
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसका रामनाथ अधिकारी,नेकपा एमालेका खेमप्रसाद लोहनी,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परशुराम तामाङ, नेपाली काँग्रेस (विपी)बाट शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट धनमाया तामाङ, नेपाल मजदुर किसान पार्टीबाट चक्रबहादुर शाहले संघिय सांसदका लागी उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा क्षेत्र न २ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा रमेश धमला,टिकानिधि काप्री, दुर्गकुमार शाक्य,बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, रुद्रवहादुर गेलाङ मगर,सरोज बुढाथोकी, सञ्जय दुवाडी र हरीप्रसाद घिमिरे रहेका छन् ।

यी हुन धादिङ प्रदेश सभा २ (क) का उम्मेद्वारहरु
प्रदेश सभा २ क मा नेकपा एमाले बाट डाक्टर रामकुमार अधिकारी, गठवन्धन बाट नेपाली काँग्रेसका गोविन्द लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणप्रसाद पोखरेल, मंगोल नेशनल अर्गनाईजेशनका शालिकराम थापा मगर र स्वतन्त्रमा खड्ग कुमारी सापकोटा र दयाराम लम्सालले उम्मेद्वारी दर्ता गराएका छन् ।

यी हुन धादिङ प्रदेश सभा २ (ख) का उम्मेद्वारहरु
प्रदेश सभा २ ख बाट उम्मेदवारी दर्ता गर्नेहरुमा गठवन्धनबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर सिम्खडा, नेकपा एमालेका धनबहादुर घले, यसै गरी नेपाली काँग्रेस (विपि)बाट सेतेमान घले,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बर घले,जनता समावजादी पार्टी नेपालबाट इमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट शिवराम किजु,मंगोल नेशनल अर्गनाईजेशन बाट सन्तोष तामाङ र स्वतन्त्र बाट देवीकुमारी बुर्लाकोटी,मानवहादुर तामाङ,रामकृष्ण बसौला र सुन्दर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्