धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा १७ जनाको उम्मेद्वारी, ९ जना स्वतन्त्र उम्मेद्वार

धादिङ २३ असोज । धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा १७ जनाको उम्मेद्वारी परेको छ । ९ जना स्वतन्त्र र अरु बिभिन्न पार्टीको टिकट लिई उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वार दर्ता गराउनेहरुमा नेपाली काग्रेस बाट रामनाथ अधिकारी,नेकपा एमालले बाट खेम प्रसाद लोहनी,नेपाल मजदुर किसान पार्टी बाट चक्र बहादुर शाह,मंगोल नेशनल अर्गनाईजेशन बाट धनमाया तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट परशुराम तामाङ, जनता समाजवादी पार्टी नेपाल बाट मेकरमान तामाङ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट बशुमाया तामाङ, नेपाली काग्रेस बिपि बाट शंकर दर्जीले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यसै गरी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा टिकानिधि काप्री,दुर्ग कुमार शाक्य, बाबुकृष्ण श्रेष्ठ,रमेश पौडेल, रमेश प्रसाद धमला, रुद्र बहादुर गेलाङ मगर, सरोज बुढाथोकी,संजय दुवाडी र हरि प्रसाद घिमिरे रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्