श्रोत परिचालन साकोषको बार्षिक साधारण सभा शुभारम्भ

धादिङ २३ असोज ।

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. धादिङको २५ औं बार्षिक साधारण सभा तथा आठौ संचालक समिति चयन कार्यक्रम आज बाट सुरु भएको छ । कार्यक्रमलाई ब्यवस्थित तवरले संचालन गर्नको लागी चार वटा ईकाई गठन गरि संचालन गरिएको साधारण सभामा आज पहिलो ईकाई अन्तर्गतको साधारण सभा सम्पन्न भएको हो।

पहिलो इकाई अन्तरर्गतको साधारण सभामा नीलकण्ठ नगरपालिका वडा न ३ ठेगना भएका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
आज संचालित कार्यक्रममा संस्थाका सचिव कबिता थापा अधिकारी द्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रुद्र बहादुर खत्री द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको थियो ।

साधारण सभाकै अवसर पारेर संस्थाले नीलकण्ठ नगरपालिका ३ ठेगाना भएका ६१ जना असल ऋणीहरुलाई समेत सम्मान गरेको छ ।
नीलकण्ठ माबिको प्राङ्गण धादिङबेशी सम्पन्न पहिलो ईकाईको साधारण सभा संस्थाका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षता तथा नीलकण्ठ नगरपालिका वडा न ३ को वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।

अव दोस्रो चरणको साधारण सभा यहि २६ गते कालिका आवि नीलकण्ठ ८ मा,तेस्रो चरणको साधारण सभा यहि २८ गते किवो बोर्डिङ पुछारबजारमा र चौथो चरणको साधारणसभा असोज ३० गते आधारशिला पाठशाला सिरानबजारमा हुने बताईएको छ । संस्थाको आ.व २०७९।०८० को असार मसान्त सम्ममा पांच हजार आठ सय चौतिस शेयर सदस्य पुगेको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्