सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ,२५ असोज ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार दुई सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार १ हजार दुई सय रुपैयाँले घट्दै ९४ हजार रुपैयाँमा झरेको छ । 

आज तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्