धादिङ टी–२० क्रिकेट लिग : धुनिबेसी र त्रिपुरासुन्दरी फाइनलमा प्रवेश

धादिङ,०६ कात्तिक ।
धादिङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट लिगमा धुनिबेशी र त्रिपुरासुन्दरी फाइनलमा प्रवेश गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा निलकण्ठ नगरपालिकालाई १३ रनले पराजित गर्दै धुनिबेसी फाइनल प्रवेश गरेको हो।

धुनिबेसीले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको निलकण्ठ निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ्ग गरेको धुनिबेसिले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

दोस्रो खेलमा त्रिपुरासुन्दरी ५ रनले बिजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको त्रिपुरासुन्दरीले बेनिघाट रोराङलाई १०५ रनको चुनौती दिएको थियो । त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो। खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भएका छन् । लिगको फाइनल खेल भने भोलि हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्