धूलै धूलो , सडकभर नै , गन्धिला उग्र नाला ।
खाल्टाखुल्टी , सडकभर नै , घोर एम्बूस सारा।।
बाङ्गा नाङ्गा , प्रतिनिधि कयाैँ, खन्चुकामी जमात ।
धूलै धूलो , सडकभर नै , गाउँ— गावैँ सखाप ।। १।।
+गुड्दै हिँड्छन् टनमन भई , माल बोक्ने सबारी ।
धूलाे हाम्राे मुलुक भरनै , क्या भयाे धुन्धुकारि।।
थर्थर् पार्दै , अजङ र ठूला , डोजरै नाच्न थाले ।
चर्केका छन् भवन विचरा , शैल ह्वार्ल्याङ्ग पारे ।। २।।
+ धूलोमैलाे , घर – घर डिही , डुल्छ रूपै बिगारी ।
तर्कारी नै रङ बिरङ छन् , राेगका तुच्छ घारी ।।
बस्ती बस्ती चक चक गर्यो , पङ्क ( हिलाे ) धूलाे रमार्इ ।।
सर्कारी जाे नियम विधि नै, मिच्न थाले कसार्इ ।। ३ ।।
+दाता खान्की , लुटपुट गरी , राज ठेक्दार गर्छ ।
नेता चर्काे कमिसनसँगै , कर्मचारी नि चर्छ ।।
धूलाे फाेक्साे मुटु नजरमा , पस्दछन् कान घाँटी ।
सासै फेर्ने क्रम असक भाे , कालले ठाेक्छ काँटी ।। ४ ।।
+डाँडा थुम्का पहिरिन गए, डाेजरै उल्किएर ।
सुक्छन् मूलै जल वितल भाे , यन्त्र धेरै चलेर ।
।मर्दैछन् रे वन र सरिता , चाेरले दाप्छ घाँटी ।
अाफ्नै प्याराे प्रकृति इति भाे , खन्चुवाकै छ ताँती ।।५ ।।
लेखक: बद्रीप्रसाद दाहाल