प्रमोद खरेलको स्वरमा ‘तिमी बोलाउ मात्र’ गजल रिलिज

काठमाडौं- गायक प्रमोद खरेलको स्वरमा ‘तिमी बोलाउ मात्र’ बोलको गजलको भिडियो आइतबार युट्युबमा रिलिज गरिएको छ। नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो।

गजलमा तिलक बम मल्लको संगीत छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ।

गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। दीपेश कडरियाले निर्माण गरेको उक्त गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन। गजल भिडियोको छायांकन तथा सम्पादन रिन्कु सापकोटाले गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्