त्रिशुली नदिले बगाएर बेनिघाट रोराङका एक युवा वेपत्ता

धादिङ,१७ असार ।
त्रिशुलीमा माछा मार्न गएका एक युवालाई नदिले बगाएको छ । आज बिहान माछा मार्न गएको बेला नदिले बगाएर बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारका २० वर्षीय लक्ष्मण विसुराल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

मंगलबार साँझदेखीको लगातारको वर्षाका कारण त्रिशुलीमा पानीको वहाव बढेकाले खोजी कार्य गर्न कठिनाइ भएता पनि बेपत्ता बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्