साताको सेयर बजार : कुनले कमाए ? कुनले गुमाए ?

२६ असार, काठमाडौं । साउनको तेस्रो साता सेयर बजार समग्रमा घटेर बन्द भयो । सातामा भएका पाँच कारोबार मध्ये अन्तिम दिन बिहीबार दोहोरो अंकले बजार बढेर बन्द भएको थियो ।

बिहीबार बजार बढे पनि बाँकी चार दिन घटेका कारण सतामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ ।

अघिल्लो २ हजार ८ सय ५२ दशमलव २४ अंकमा रहेको नेप्से परिसूचक २ हजार ८ सय २५ दशमलव १० अंकमा झरेको छ । सातामा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक समूहमा देखिएको छ । या समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४३१ अंक अथाएत ७ दशमलव द५७ प्रतिशतले बढेको छ ।

यसबाहेक पनि व्यापार, बैंकिङ र म्युचुअल फण्ड पनि बढेका छन् । व्यापार समूहको सवइन्डेक् ४२ अंकले बढेको छ भने बैंकिङ समूह ४ अंकले बढेको छ ।

उता घट्नेहरुको शिर्ष स्थानमा भने हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रो सातामा ५ दशमलव २८ प्रतिशतले घटेको छ । घट्ने दोस्रोमा फाइनान्स समूह ३.४२ प्रतिशत र तेस्रोमा लगानी समूह २.२२ प्रतिशत रहेको छ ।

कारोबारमा हिमालय डिस्टीलरी पहिलो

सातामा सबैभन्दा धेरै कारोबार हुनेमा हिमालय डिस्टीलरी लिमिटेडको सेयर देखिएको छ । बिहीबार प्रतिकित्ता ६३ रुपैयाँले बढेर यस कम्पनीको सेयर मूल्य ५ हजार ५ सय २५ रुपैयाँमा बन्द भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा माथिल्लो तामाकोशी देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्