आज देशभर २ हजार ९०५ संक्रमित थपिए,सक्रिय केश २६ हजार ६४८

धादिङ,३० असार ।
देशभर आज थप २ हजार ९०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।आज देशभरका प्रयोगशालाबाट ८ हजार १०८ जनाको पीसीआर गर्दा २ हजार १० जना र ४ हजार ९१६ जनाको एन्टिजिन परिक्षणमा ८९५ गरी कुल २ हजार ९०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्रै २३ सय ९८ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख २४ हजार ७११ पुगेको छ।

सक्रिय केश २६ हजार ६४८ जनामा आईपुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्