विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न प्रशासनको आग्रह

धादिङ,१८ साउन । 
धादिङ प्रशासनले जिल्लाका बिद्यालयहरुलाई भौतिक रुपमा पठन–पाठन कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरूमा भौतिक रूपमै शिक्षक–विद्यार्थी कक्षाकोठामा जुटेर पठनपाठन हुने थालेपछि सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न भनेको हो ।जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयहरुले विभिन्न तरिकाबाट पठनपाठन गराउन थालेका थिए । 

कोरोना संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि प्रशासनबाट जारी निषेधाज्ञामा भौतिक उपस्थितिमा शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्न निषेध गरिएको भन्दै निषेध आदेशमा  उल्लेखित व्यवस्थाको अवज्ञा गरी केही स्थानिय तह तथा शैक्षिक  संस्थाहरुले बिधार्थीको भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रमहरु  सञ्चालन गरेको र गर्ने तयारी गरेको भन्ने बुझिन आएकोले निषेधाज्ञामा उल्लेखित व्यवस्थाहरु कडाईका साथ पालना गर्न प्रशाशनले अनुरोध गरेको छ।

साथै निषेधाज्ञा विपरित  गरिने  शैक्षिक  क्रियाकलापहरुले  संक्रमण फैलिन  सक्ने उच्च सम्भावना देखिएकाले सोबाट हुन सक्ने विकराल परिस्थितिको सम्पूर्ण जिम्मेवार सम्बन्धित स्थानिय तह र शैक्षिक संस्थाहरु हुने र उक्त कार्य प्रचलित  कानून बमोजिम दण्डनिय हुने सूचनामा उल्लेख गरिएको छ। 

सरकारले सबै जिल्लामा हाल कोरोनाको उच्च जोखिम कायम नै रहेको भन्दै भौतिक उपस्थितिमा पठन–पाठन नगराउन सर्कुलर नै जारिगर्दा  पनि जिल्लाका अधिकांश विद्यालयहरुले पठनपाठन सुरु गरेका थिए। केहीदिन अघिमात्रै भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेको बेनीघाट रोराङ गाउँपालिका एक विधालयका ६ जना शिक्षकहरुमा कोरोना संक्रमण देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्