एमालेका सांसदद्वारा सरकारको आलोचना

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारको आलोचना गरेको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाए ।उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र भारतको लागि सजिलो बनेको भन्दै आपति जनाएका छन् ।
अर्का सांसद महेश बस्नेतले काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्