शुक्रबारदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाईने

सरकारले शुक्रबारदेखि देशभर भेरोसेल खोपको दोस्रो डोज दिन अभियान सुरु गर्ने भएको छ । स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका अनुसार गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई पर्सि शुक्रबारदेखि दोस्रो डोज लगाईने छ। पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको विभागले जनाएको छ। 

यस्तै,अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ।वेभसाइटमा नाम दर्ताकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्